पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक उद्धार अभ्यास आज
पाेखरा | मंसिर २३, २०७९
पोखरा: विमानस्थल सञ्चालनको तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज आकस्मिक उद्धार अभ्यास गरिने भएको छ । विमानस्थलका आयोजना प्रमुख इन्जिनियर विनेस मनकर्मीका अनुसार आज दिउँसो साढे १ बजे विमानस्थलमा आपतकालीन उद्धार अभ्यास हुनेछ ।
उनले आपतकालीन उद्धार अभ्यासका लागि विमानस्थल परिसरमा एम्बुलेन्स, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, रेस्क्यु फायर फाइटिङ सर्भिसका अभ्यास गर्ने गरिने जानकारी दिए ।
साढे १ बजे उद्धार अभ्यास गर्ने तयारी भइरहेको छ, उनले भने, ‘भवितव्य परेको बेला छिटै उद्धार गर्न यस अभ्यासले सघाउछ ।’
उनले यसअघि सो विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) भइसकको बताए । ‘हाम्रोमा एक हप्ता एरो थाईको जहाजले क्यालिब्रेसन फ्लाइट गरिसकेको छ । अब छिटै आफ्नो प्रतिवेदन प्राधिकरणलाई बुझाउने तयारी गरिरहेको छ भन्ने बुझिएको छ ।’ उनले भने ।
विमानस्थल अंग्रेजी नयाँवर्षदेखि सुरु गर्न भनिएपनि ल्याण्डफिल साइट व्यवस्थापन र रिठेपानी डाडा कटानको काम अझै सकिएको छैन ।
करिब २२ अर्ब लगानीमा निर्मित विमानस्थल बनाउने जिम्मा चिनिया कम्पनी सिएएमसीले पाएको थियो । आयोजनाका अनुसार सो विमानस्थल अन्तर्राष्टिय मापदण्ड अनुसार फोर डि मोडेलमा बनेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

